images
images

रामायण सर्किटको काम अघि बढाउँने मोदीको प्रतिवद्धता: कार्गाे रेल बिराटनगर आइपुग्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण सर्किटको काम अघि बढाउने प्रतिवद्धता जनाउनु भएको छ ।

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय भेटवार्ता गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले उक्त कुरा बताउनु भएको हो ।

उहाँले बिहीबार निकै उपलब्धिमूलक सम्झौता भएको उल्लेख गर्दै यसले द्विपक्षलाई हित हुने समेत बताउनुभयो ।

 । भारतको बथनाहबाट कार्गाे रेल बिराटनगर आइपुगेको छ ।

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त रूपमा उद्घाटन गरेपछि बथनाहाबाट कार्गो रेल विराटनगरतर्फ हिडेको थियो । विराटनगरको एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी) मा निर्माण भएको कस्टम यार्डसम्म बिहीबारदेखि भारतबाट कार्गो रेल सेवा सञ्चालन भएको हो ।

सो कार्गाे रेल भारतको बथनाहाबाट पहिलोपटक विराटनगर आएको हो । अबदेखि कार्गो रेल संचालन हुने भएपछि नेपाल र भारत दुबैदेशका उद्योगी व्यवसायी उत्साहित भएका छन् । रेल सेवा सञ्चालन भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा कच्चा पदार्थको आयात र उत्पादित वस्तुको निर्यात कार्गो रेलबाट हुनेछ ।