images
images

महेन्द्रनगर हवाई रुट र पञ्चेश्वर परियोजनामा सम्झौता हुन सकेन [ फोटो फिचर सहित ]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नेपालको मुख्य एजेन्डा महेन्द्रनगर हवाई रुट विस्तार र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा महाकालीको पानी बाँडफाँटको ठोस सहमति हुन सकेन ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नेपालको मुख्य एजेन्डामा रहेका यी दई विषयमा भारत सहमतिमा नआएको हो ।

प्रधानमन्त्री दाहालले भैरहवालगायतका विमानस्थलबाट भारतका नजिकका शहरमा जाने एटीआर उडानका लागि भने भारत सरकार सकारात्मक भएको बताउनुभयो । तर, यो विषय सहमतिका रूपमा भने आएन । नेपाल र भारतबीच भएको सात वटा सम्झौतामा यो विषय समावेश भएको छैन ।

नेपाल र भारतबीच पञ्चेश्वर परियोजनाको डीपीआर बन्ने सहमति भएको उल्लेख गदै तीन महिनाभित्र डीपीआर बन्ने र एक वर्षमा काम अघि बढ्ने सहमति भएको प्रधानमन्त्री दाहालको भनाई थियो । तर, ठोस सहमति भने हुन सकेन।