images
images

प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीको दिवा भोज

नयाँ दिल्ली – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवाभोज दिएका छन्।

प्रधानमन्त्रीस्तरीय भेटवार्ता तथा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलनलगत्तै भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद हाउसको केदार हलमा दिवाभोजको आयोजना गरेका हुन्।

भोजमा नेपाली प्रतिनिधिमण्डलका मन्त्री, उच्च सरकारी अधिकारी र अन्य सदस्यको सहभागिता थियो। रासस