images
images

रविलाई काठमाडौं हुँदै पोखरा फर्काइँदै

काठमाडौं, २६ मंसिर – सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेर अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज (बुधबार) कास्कीको पोखरा फर्काइँदैछ । उनलाई आज पर्साबाट काठमाडौं हुँदै पोखरा पुर्याइने छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई बाराका सिमरा विमानस्थल हुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झारिने छ । यसपछि पोखरा लगिने प्रहरी स्रोतले जनाएको छ ।

बयान पूरा भएपछि पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सिमरा विमानस्थलबाट कास्की पठाएको हो ।सहकारी प्रकरणमा मुछिएका लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन् ।

लामिछानेलाई यसअघि बयानका लागि कास्कीदेखि रुपन्देही, काठमाडौं र चितवन लगिसकिएको छ ।