बुटवल, २९ मंसिर – नेपाल पत्रकार महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा शुक्रऋषि चौलागाईंको प्यानल विजयी भएको छ । चाैलागाईंले ५९९ मत प्राप्त भने उनका प्रतिस्पर्धी रुद्र सुवेदी २९१ मत ल्याएका छन् ।
यस्तै सचिवमा गोविन्दप्रसाद शर्मा निर्विराेध भएका छन्। सचिव (समावेशी)मा सरला सुवेदी निर्वाचित भएकी छन्। सुवेदी ६०२ प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धा गरेका चिन्ता बहादुर दर्जीले ३३२ मत ल्याएकी छन् ।
कोषाध्यक्षमा नारायण आचार्य निर्वाचित भएका छन् । आचार्यले ६४३ प्राप्त गर्दा दीपेश पराई विष्टले २७१ प्राप्त गरे।
यस्तै कार्यसमिति सदस्यहरू तेजेन्द्र के.सी.ले ७३१ प्राप्त गर्दै विजय भएका छन् । केसी रातापाटीकर्मी हुन्। अन्य सदस्यमा निर्मल आचार्यले ६२२ मत, प्यार अली खानले ४९५ मत, वसन्त बन्जाडे ५१७ मत, हिम बहादुर घर्ती खत्री क्षेत्रीले ४३५ मत प्राप्त गर्दै निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सुदीप गौतम जनाएका छन्।