images
images

लोसपाद्वारा हार्दिक समवेदना व्यक्त

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले पार्टीका युवा नेता कामरेन्द्र वर्माको पिता राधव कुमार वर्माको  असमायिक निधन प्रति समवेदना व्यक्त गरेको छ ।

पार्टीका तर्फबाट महासचिव मनिषकुमार मिश्रद्वारा आइतबार शोक सन्देश जारी गर्दै दिवंगत आत्माको चीर शान्तिको कामनासहित समवेदना व्यक्त गरिएको हो ।

सर्लाही  रामनगर गाउँपालिका- १ निवासी वर्माको ८१ वर्षको उमेरमा मंसिर २६ गते निधन भएको थियो ।