काठमाडौँ – नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्मा विजयी भएकी छन् । आइतबार राति महासंघ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।
प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्मा ४२८२ मतसहित अध्यक्षमा निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३२०३ मत प्राप्त गरेका छन् । शर्माले विष्टलाई २७० मतको अन्तरमा पराजित गरेकी हुन् ।


लाल्टिन खबर 






