काठमाडौँ, १ पुष – नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द अवकाशमा गएका छन् । डीआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर उनी मङ्सिर ३० बाट अवकाशमा गएका हुन् । उनी आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए ।
चन्दको अवकाशसँगै प्रहरीमा डीआईजीको ३ वटा दरबन्दी रिक्त भएको छ । डीआईजीद्वय दुर्गा सिंह र भरत बहादुर बोहरा अतिरिक्त महानिरीक्षक ९एआईजी०मा बढुवा सिफारिस भएका छन् । मङ्सिर २८ मा बढुवा समितिले उनीहरूले एआईजीमा बढुवा गर्न सिफारिस गरेसँगै प्रहरीमा डीआईजीको ३ पद रिक्त भएको छ ।
मन्त्रिपरिषद्बाट सिंह र बोहराको बढुवा नियुक्तिबारे निर्णय हुनुअघि नै ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न मिल्ने प्रहरी अधिकृतहरू बताउँछन् ।