images

भ्वाइस रेकर्ड सार्वजनिक गर्न प्रधानमन्त्रीलाई वामदेवको चुनौती

काठमाडौँ,  १ पुष – नेकपा एमालेका पूर्व उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच भएको फोन संवादबारे प्रष्टीकरण दिएका छन् ।

एक विज्ञप्ति जारी गर्दै उनले फोन संवादको अडियो सार्वजनिक गर्न ओलीलाई चुनौती समेत दिएका हुन् ।

दुई दिनअघि एक भाषणमा ओलीले वामदेवसँगको फोन संवादको किस्सा सुनाएका थिए । ओलीका अनुसार वामदेवले उनलाई स्वकीय सचिव राजेश बज्राचार्य भन्ठानेर कुरा गर्दै ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने बताएका थिए ।

मदन भण्डारीको हत्या काँग्रेसले गरेको हो भनेर बोलिएको आफ्नो फेक अडिओको आधारमा वामदेवले राजीनामा मागेको ओलीको आरोप थियो ।

ओलीले भनेका छन्, ‘फोन मैले उठाएको थिएँ, तर उहाँ राजेश भन्ठानेर मसित बम्किनुभयो ।’