images
images

विमानस्थल जानुअघि अनिवार्य सम्पर्क गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आग्रह

काठमाडौँ – अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि मध्यपूर्वका देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्।

अमेरिका र इजरायलको सैन्य आक्रमणको जवाफमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएपछि युएई, कतारलगायतका देशमा हवाई क्षेत्र बन्द गरिएको हो। जसका कारण नेपालबाट मध्यपूर्वमा हुने हवाई उडान प्रभावित भएको छ।

यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सूचना जारी गर्दै विमानस्थल आउनुअघि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न यात्रुहरूलाई आग्रह गरेको छ।

सूचनामा भनिएको छ, ‘मध्यपूर्व क्षेत्रको हालैको हवाई क्षेत्र प्रतिबन्धका कारण केही अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ, पुनः तालिका (Rescheduling) वा रद्द हुन सक्ने सम्भावना छ। यात्रुहरुलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि तल उल्लेखित विमान सेवा कम्पनीहरुसँग आफ्नो उडानको पछिल्लो अवस्था अनिवार्य रूपमा पुष्टि गर्न अनुरोध गरिन्छ।’