काठमाडौँ – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार साँझ राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहका बीच उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार श्रम मन्त्रालयको जिम्मेवारीमा रहेका दीपककुमार साहलाई पदमुक्त गरेका थिए। शुक्रबार प्रधानमन्त्री शाहले श्रम मन्त्रालयको जिम्मेवारी रामजी यादवलाई दिएका हुन्।
उद्योग मन्त्रालयको जिम्मेवारी भने यसअघि प्रधानमन्त्री शाहले आफैंले सम्हाल्दै आएका थिए। गौरी महोत्तरी–४ र रामजी सप्तरी–२ बाट निर्वाचित सांसद हुन्।








