images
images

इरानको सहयोग भए पनि नभए पनि अमेरिका आफैँले स्ट्रेट अफ होर्मुज सञ्चालनमा ल्याउने ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व ऊर्जा आपूर्तिमा असर पारिरहेको  स्ट्रेट अफ होर्मुज छिट्टै खुल्ने दाबी गरेका छन् । इरानको प्रभावकारी नाकाबन्दीका बीच उनले इरानको सहयोग भए पनि नभए पनि अमेरिका आफैँले यो मार्ग सञ्चालनमा ल्याउने बताएका हुन् ।

शुक्रबार पत्रकारसँग कुरा गर्दै ट्रम्पले अमेरिका र इरानबीच पाकिस्तानमा हुने शान्ति वार्ताअघि गल्फ क्षेत्र खोल्ने तयारी भइरहेको बताएको अल जजिराले जनाएको छ । उनले यो प्रक्रिया सहज नहुने स्वीकार्दै अन्य देशहरू पनि सहयोगका लागि तयार रहेको उल्लेख गरे ।

इरानले स्ट्रेट अफ होर्मुजबाट निस्कने जहाजबाट शुल्क उठाउने योजना बनाएको विषयमा ट्रम्पले कडा प्रतिक्रिया दिँदै ‘त्यो हुन दिइने छैन’ भनेका छन् । उनले कुनै पनि सम्झौतामा इरानसँग ‘परमाणु हतियार नहुने’ मुख्य सर्त हुने स्पष्ट पारे ।

युद्धविराम घोषणा भए पनि होर्मुजमा जहाज आवागमन ठप्पजस्तै छ, जसले विश्वको करिब पाँचौँ हिस्सा तेल र ग्यास आपूर्तिमा अवरोध पुर्‍याएको छ । सयौँ जहाजहरू अझै पनि खाडी क्षेत्रमा अलपत्र परेका छन् ।

शनिबार इस्लामावादमा अमेरिका र इरानबीच वार्ता हुने तय भएको छ, जसले दीर्घकालीन शान्ति स्थापनामा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।