images
images

चलचित्र प्रदर्शनलाई जोडेर हामीमाथि भ्रामक आरोप लगाइयो। चलचित्र संघका – अध्यक्ष नवल खड्का

पछिल्ला केही दिनहरुबाट नेपाली चलचित्र प्रेम गीत ३ को प्रदर्शनको विषयलाई लिएर नेपाल चलचित्र निर्माता संघ र संघका अध्यक्ष उपर भइरहेको नकारात्मक टिकाटीप्पणीको सम्बन्धमा यस संस्थाको गम्भीरध्यानाकर्षण भएको छ। नेपाली चलचित्र प्रेम गीत ३ ले नेपाली सिनेमाको बजार विस्तारको लागि जुन भूमिका खेल्यो त्यसको निर्माता सघ मुक्तकण्ठले प्रशंसा गर्दछ।

स्वदेशी बजारमै सिनेमाको व्यापार तुलनात्मक रूपमा विस्तारहुन गाह्रो भइरहेको परिप्रेक्षमा भारतीय बजारलाई समेत प्रभावमा पार्न सफलभई नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा गर्विलो रूपमा उपस्थित गराउन सफलता हासिल गर्नुभएका उल्लेखित सिनेमाको सम्पूर्ण टिमलाई नेपाल चलचित्र निर्माता संघहृदयदेखिनै हार्दिक धन्यवाद दिन चाहन्छौं संघले नेपाली चलचित्र उद्योगको अन्तर्राष्ट्रियकरणको कोशेढुङ्गाको रुपमा लिएको छ यसै सन्दर्भमा व्यक्तिगत स्वार्थ प्रेरित, संस्था लक्षित केही समूहहरुबाट नेपाल चलचित्र निर्माता संघ र यसको गौरवमय इतिहासमाथी निर्मम रूपमा प्रहार गरी स्वार्थ सिद्ध गर्ने अभिप्राय अनुरुप उल्लेखित चलचित्रको प्रदर्शनको विषयलाई जोडेर हामी माथि निरन्तर मिथ्या भ्रामक कपोकल्पित आरोपहरु लगाइरहेका छन् जुन तथ्यहीन, झुट र चलचित्र उद्योगमा भ्रम फैलाई स्वार्थपूर्ति गर्ने अभिष्ट अनुरुप आएको हो भन्ने हाम्रो बुझाइ रहेको छ। नेपाल चलचित्र निर्माता संघ नेपालमा प्रदर्शन गरिने कुनैपनि भाषाका चलचित्रप्रति नकारात्मक नरहेको आम दर्शकहरुमा स्पष्ट पार्न चाहन्छौ।

प्रेस विज्ञप्ति
(प्रेस बिज्ञप्ति)

हाम्रो ध्यान भनेको सदैब नेपाली सिनेमाको वृहत्तर हितको लागि मात्र रहिआएको छ र हामीले स्वदेशी सिनेमाको अस्तित्व रक्षार्थ विगतदेखि नै विदेशी सिनेमाको अतिक्रमणका विरूद्धमा लड्दै आइरहेका छौं र हाम्रो लडाइँ विशुद्ध विदेशी सिनेमाको अतिक्रमण विरूद्ध हो। सिनेमा भनेको व्यापारको साधन मात्र हैन यो भाषा, कला, साहित्य र संस्कृतिको द्योतक पनि हो। त्यसैले राज्यले प्रदान गर्ने सेवा, सुविधा र सहुलियत केबल नेपाली भाषाका सिनेमाहरुलाई हुनुपर्दछ भन्ने हाम्रो मान्यता रहँदै आएको छ।

भाषा भनेको अभिव्यक्तिको माध्यम हो भनेकला, साहित्य, संस्कृति र भेषभुषासँग यसको अन्तर्निहित सम्बन्ध रहेको हुन्छ यो सभ्यताको प्रतीक पनि हो। देशको नियम र कानुनको अधिनमा रही जो कोहीले पनि जुनसुकै भाषाका सिनेमा प्रदर्शन गर्न सक्छन तर विदेशी भाषाको सिनेमालाई देखाएर स्वदेशी सरहको सेवा र सुविधाको मागदाबी गर्नु वाञ्छनीय नहुनुका साथै ऐन-कानूनको बर्खिलापमा हुने र यसले भविष्यमा समेत विकृतिको सुरुवात गर्नसक्छ भन्ने निर्माता संघको मान्यता हो । यही कुरा संस्थाको प्रतिनिधिको रुपमा अध्यक्ष वा अन्य पदाधिकारीबाट अभिव्यक्त भएको हो। उल्लेखित चलचित्र प्रेम गीत ३- लाई प्रदर्शनका साथै कर तथा राजस्व छुटमा सहुलियत प्रदान गर्ने निर्माण पक्षको मागदाबी सम्बन्धमा चलचित्र क्षेत्रको एकमात्र नियमनकारी निकाय चलचित्र विकास बोर्डबाट चलचित्र निर्माण, वितरण र प्रदर्शन ऐन तथा नियमावली मुताबिक विधी र विधान अनुरूप नै गरिनु पर्दछ भन्ने यस संस्थाको स्पष्ट धारणा रहेको छ। संघ को प्रेस बिज्ञप्तिम  लेखिएको छ।