images
images

संविधान दिवसको अवसरमा राष्ट्रपति द्वारा जनसेवाश्री पदकबाट युवा अभियन्ता केपी खनाल सम्मानित भए

संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा जनसेवाश्री पदकबाट युवा अभियन्ता केपी खनाल सम्मानित भएका छन। रोजगारको अवसरमा भारतको मुम्बईमा पुगेका खनाल केही अवधि पछि नेपाल फर्किए र कक्षा ११ मा व्यवस्थापन संकायमा भर्ना भए र स्थानीय सरसफाइ अभियान सञ्चालन गरेर यस क्षेत्रका उदीयमान सामाजिक कार्यमा आफुलाई परिणत गरे। सन् २००० जनवरी ११ मा सुदूरपश्चिम नेपालको अछाम जिल्लामा जन्मेका खनाललाई कान्छो सामाजिक अभियन्ता भनेर पनि चिनिन्छ। उनि सामाजिक कार्यको स्नातक स्तरका विद्यार्थी पनि हुन खनालले १३ वर्षको हुँदा सामाजिक कार्यहरू सुरु गरेका थिए। उनि सामाजिक कार्यमा निकै सक्रिय देखिन्छन।

नेपाल सरकार र राष्ट्रपति द्वारा सम्मानित हुदा आफूलाई थप जिम्मेवारी बनाएको उनको बुझाइ छ। खनालले भने – संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिबाट जनसेवाश्री पदकबाट सम्मानित नेपाल सरकार तथा राष्ट्रपतिबाट मिलेको यो सम्मान मेरो होइन यहाँहरु सबैको हो जसले माया हौसला र सुझाव दिएर यहाँसम्म पुर्याउनु भएको छ ।