images
images

प्रेस सेन्टर ललितपुरको अध्यक्ष सहित ८ पदाधिकारीले दिए राजीनामा

काठमाडौँ । प्रेस सेन्टर नेपालले प्रदान गरेको पुरस्कारमा चित्त नबुझेपछि सो संगठनमा आवद्ध पत्रकारहरुले राजीनामा दिन थालेका छन् । सोही क्रममा प्रेस सेन्टर ललितपुर शाखाका आठ जना पत्रकारले राजीनामा दिएका छन् । उत्कृष्ट जिल्ला कमिटीको रुपमा ललितपुर जिल्ला कमिटीलाई छनोट नगरेको विरोधमा सो शाखाका अध्यक्षसहित आठ जना पदाधिकारीले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा कार्कीसहित उपाध्यक्ष गोपाल आलेमगर, सचिव दीपक अर्याल, सहसचिव अनिल पन्त र नारायणलिंखा देवान, कोषाध्यक्ष कृष्ण पौडेल, प्रेस सेन्टर ललितपुर महानगरपालिकाका सचिव राजुप्रसाद नेपाल र प्रेस सेन्टर उपत्यका समितिका सदस्य राममणि घिमिरे रहेका छन् । उनीहरुले प्रेस सेन्टरको साधारण सदस्य रहने गरी आ–आफ्नो पदबाट राजीनामा दिइएको बताएका छन् ।

त्यस्तै,  प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष किरण कर्णले पनि राजीनमा दिएका छन् । यद्यपि उनले प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको निर्णयअनुसार निर्धारित समयमा मधेश प्रदेश समितिको साधारणसभा गर्न गराउन नसकेको र विगत केही महिनादेखि आफु घरायसीमा समस्यामा रहेकाले संगठनमा रहन नसक्ने भन्दै राजीनामा बुझाएका छन् ।

press-center-lalitpur