images
images

सरकारद्वारा धुर्मुस-सुन्तली फाउण्डेशनलाई कर छुट

काठमाडौं । सरकारले धुर्मुस-सुन्तली फाउण्डेशनले तिर्नुपर्ने कर छुट दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अर्थ मन्त्रालयको प्रस्तावमा धुर्मुस-सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको जानकारी दिएकी हुन् ।