देशभरका विभिन्न भागमा छठ पर्व मनाउँदै भक्तजन (तस्विरहरू)

छट पर्वको अवसरमा बिहीबार कमलपोखरीमा छटीमाइको प्रसाद ग्रहण गर्दै श्रद्धालु भक्तजनहरु ।

तस्बिर: प्रदीपराज वन्त/रासस

सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका– ४ स्थित बिहीबार साँझ बुढी (गंगा जमूना) खोलामा देखिएको छठ पर्वको रौनक।

तस्बिरः गोपाल दाहाल/रासस

राष्ट्रपति रामचन्द्र पौडेल छठ पर्वका अवसरमा गौरीघाटमा बिहीबार आयोजित कार्यक्रममा सहभागी हुँदै ।

तस्बिर सौजन्यः राष्ट्रपतिको सचिवालय/रासस

छठ पूजाको अन्तिम दिन शुक्रबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-४ कुम्हरौलस्थित थान पोखरीभित्र उभिएर उदाउँदो सूर्यलाई आराधना गर्दै भक्तजन ।

तस्बिरः अमरेन्द्रकुमार यादव / रासस

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित गोर्खाटोलमा कटुवा खोला किनारमा छठ पर्वमा बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै ब्रतालु ।

तस्बिरः कुलदीप न्यौपाने/रासस

छठ पर्वको अन्तिम दिन शुक्रबार सर्लाहीको बागमती नदी किनारमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै बालिका ।

तस्बिर: सिंगबहादुर थापा/रासस

सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका– ४ स्थित बिहीबार साँझ बुढी (गंगा जमूना) खोलामा देखिएको छठ पर्वको रौनक।

तस्बिरः गोपाल दाहाल/रासस

छठ पर्वको अन्तिम दिन शुक्रबार बिहान भक्तपुरको कमलपोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिने क्रममा पोखरीमा स्नान गर्दै व्रतालु ।

तस्बिर :रत्न श्रेष्ठ / रासस

छठ पर्वको अन्तिम दिन शुक्रबार बिहान भक्तपुरको कमलपोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु ।

तस्बिर : रत्न श्रेष्ठ / रासस

छठ पर्वका अवसरमा गोैरीघाटमा शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु ।

तस्बिर : चन्द्रकला क्षेत्री / रासस

छठ पर्वको अवसरमा बिहीबार कमलपोखरीमा अस्ताउँदो सूर्यको उपसना गर्दै ब्रतालु । तस्बिर: प्रदीपराज वन्तर/रासस

इटहरीको बुढिखोलामा बिहीबार सॉझ छठ पूजाको उपसना गर्दै ब्रतालु । तस्बिरः सङ्गीता राई/रासस

कमलपोखरीमा छठ पर्वका अवसरमा शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु । तस्बिर : हरिराम भेटुवाल / रासस

छठ पर्वको दिन बिहीबार विराटनगरको ११ र ६ भएर बग्ने सरौचियास्थित नहरमा अस्ताउँदै सूर्यलाई उपसना गरी अर्घ्य दिँदै ब्रतालु ।

तस्बिर: मनोज दाहाल/रासस

छठ पर्वकाे अवसरमा महाेत्तरीकाे जलेश्वर-८ बजराही गाउँमा पाेखरीकाे बीचमा बनाइएको सूर्य देवताकाे दर्शन गर्दै भक्तजन ।

तस्बिर : सञ्जीतकुमार मण्डल / रासस

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित औरही खोला सिंगारिएको छठ घाटको बत्ति लाईन कटेपछि दियो बालिएको बेला देखिएको रात्रिकालीनको दृश्य ।

तस्बिरः अजयकुमार साह/रासस

काठमाडौँको कमलपोखरीमा छठ पर्व मनाउने क्रममा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातिमा बत्ती बालेर जाग्राम बसेका व्रतालु ।

तस्बिर :हरिराम भेटुवाल / रासस