images
images

सीता दाहालको अन्तिम बिदाइ [ तस्बिर सहित ]

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको अन्तिम बिदाइ गरिएको छ । बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम बिदाइ गरिएको हो ।

दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री तथा  उनका श्रीमान् प्रचण्डले दागबत्ती दिए । सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो । अन्तिम संस्कारमा विभिन्न दलका नेता तथा शुभेच्छुकको सहभागिता रहेको थियो ।