काठमाडौँ – धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १४ दशमलव १७ अङ्कले बढेर दुई हजार ७२६ दशमलव १७ मा पुगेको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९८ अङ्कले बढेर ४७१ दशमलव ३० मा पुगेको छ। त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ७३ अङ्कले बढेर १८६ दशमलव ५८ मा पुगेको छ। सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव २९ अङ्कले बढेर १५९ दशमलव ७३ मा पुगेको छ।
आज विभिन्न कम्पनीका एक करोड ७७ हजार २२२ कित्ता सेयर रु चार अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० मूल्यमा खरिद बिक्री भएको छ। आज १३ उपसमूहमध्ये ११ उपसमूह बढ्दा दुई वटा घटेका छन्। आज १५३ कम्पनीको सेयर कारोबार बढेको छ भने १११ कम्पनीको सेयर घट्नुका साथै १२ कम्पनीको सेयर स्थिर रहेको हो।
नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, स्नो रिभर लिमिटेड र अपोलो हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावर, रिलाइन्स स्पिनिङ मिल्सकालगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन्।








