images
images

एक्सपेङको सेलिब्रेसन अपग्रेड : १२ लाखसम्मका विशेष छुट

यस चाडपर्वको अवसरमा एक्सपेङले ग्राहकहरूका लागि १२ लाखसम्मका विशेष छुट सहित सेलिब्रेसन अपग्रेड ल्याएको छ। प्रिमियम विद्युतीय मोबिलिटीको अनुभवलाई थप सहज र आकर्षक बनाउन यो अफरमा विभिन्न विशेष सुविधाहरू समावेश छन्।

ग्राहकहरूले आफ्नै घरबाट एक्सपेङ जी६ को टेस्ट ड्राइभ लिन सक्नेछन्। यस सुविधामार्फत घरमै बसेर एक्सपेङ जी६ को प्रविधि, आराम र विद्युतीय ड्राइभिङ अनुभव लिन सकिनेछ।

यस विशेष अफरअन्तर्गत ६.६ किलोवाट होम चार्जर, १ वर्षको बीमा र १ आर्थिक वर्षको रोड ट्याक्स उपलब्ध हुनेछ, जसले एक्सपेङ जी६ को ग्राहक अनुभवलाई थप सहज बनाउनेछ।

चाडपर्वको उत्सवसँगै आफ्नो ड्राइभिङ अनुभवलाई पनि अपग्रेड गर्न चाहने ग्राहकका लागि एक्सपेङ जी६ ले स्मार्ट र प्रिमियम विद्युतीय मोबिलिटीको नयाँ अनुभव प्रदान गर्दछ।