images
images

बैंकहरुले २ प्रतिशत भन्दा बढी ब्याज फरक पार्न नपाउने

काठमाडौं । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा लगानी र ब्याजदरको विषयमा सचेत गराएको छ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने एकै प्रकारका कर्जामा ऋणीहरुबीचको ब्याजदर अन्तर २ प्रतिशत भन्दा बढीले फरक पार्न नपाइने केन्द्रीय बैंकले जनाएको हो ।

ग्राहकहरुकाबीच ब्याजदरमा अत्यधिक असमानता देखिएकोले यस्ता कर्जा प्रदान गर्दा ग्राहकको जोखिम विश्लेषण गरी २ प्रशितभन्दा बढीले फरक नपर्नेगरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा आफूले लिने कर्जासम्बन्धी नियामकीय प्रावधान तथा कर्जा प्रदान गर्ने संस्थाले लागू गर्ने सर्तहरु बुझेर मात्र कर्जा लिनुपर्ने बैंकले सर्वसाधारणलाई सचेत गराएको छ ।