images
images

आजियाटाले नेपालमा लगानी गर्न उचित छैन भन्ने प्रचार गर्‍यो : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले आजियटा गु्रपका सिईओलाई अर्थसमितिले पत्र काट्नुपर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसद वाग्लले यस्तो माग गर्नुभएको हो । उहाँले अर्थ समितिमा आएर आजियटा गु्रपका सिईओले नेपालको लगानीको विषयमा जानकारी दिनुपर्ने बताउनुभयो ।

सांसद वाग्लले आजियटाका सिईओ सुदले नेपालमा लगानीको वातावरण नभएको र नेपालबाट बाहिरिनु शेयर लगानीकर्ताको हित भएको भनेकाले नेपालमा लगानीको वातावरण खराब हुने पुष्टि गरेको बताउनुभयो । उहाँले नेपालको अर्थराजनीतिक माहोललाई संकेत गर्दै त्यहाँ भइरहेका र बढ्दो चुनौतिहरु हवला दिँदै एनसेललाई बिक्रीमा राख्नुपर्ने बाध्यता रहेको पत्रमा उल्लेख गर्नु नेपाल राष्ट्रकै छविमा क्षति पु¥याउने सम्भावना रहने बताउनुभयो ।

सांसद वाग्लले देशलाई प्रगतिको बाटोमा लैजाने,आय र रोजगारी बिस्तार गर्नको लागि प्रत्येक्ष लगानी भित्र्याउनु पर्ने, स्वदेशी लगानीको माहोल बनाउनु पर्ने दस्तावेजहरुले बोल्ने बताउनुभयो । उहाँले निर्यात प्रवद्र्धन र प्रविधि हस्तान्तरणको लागि पनि राम्रोसँग वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको बताउनुभयो ।

सांसद वाग्लले २०८१ वैशाखमा सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा एनसेल शेयर बिक्री गरेर बाहिरिनु नेपाल लगानीको लागि उपयुक्त नभएको भन्ने सन्देश जाने बताउनुभयो । उहाँले वैदेशिक लगानीकर्ता ल्याउन तामझामका साथ कार्यक्रम गर्ने र नेपालमा भित्रिएको सबैभन्दा ठूलो प्रत्यक्ष लगानीकर्ताहरुमध्ये एक एनसेल नेपाललाई धारे हात लगाएर बाहिरिनु गम्भिर प्रश्नहरु उठाएको बताउनु भयो ।

सांसद वाग्लले वर्षको ४० अर्ब देखि ६० अर्ब सम्मको कारोबार गरेको भनेर डकुमेण्ट भएको एनसेल कम्पनीलाई नेपालका प्रमुख राजनीतिक नेता, कर्मचारीहरु,नीति निर्माताहरु र मिडियालाई समेत वर्षौंदेखि अनुचित लाभ र प्रलोभन दिँदै प्रभावमा पर्ने गरेको आरोपले नेपालको लोकतान्त्रिक विधि र सुशासनको खिल्ली उडाउँदै आएको उल्लेख गर्नुभयो । उहाँले नेताका आफन्तजनलाई सिंगापुर घुमाउने पात्रले शेयर खरिद गरेकाले समितिमा उभ्याउनुपर्ने बताउनुभयो ।

सांसद वाग्लले शेयर खरिदबिक्री प्रकरणले नेतालाई रिझाएर मात्रै टिक्न सकिने भन्ने बुझिने दाबी गर्नुभयो ।उहाँले आजियटाका प्रबन्धनिर्देशक, नेपाली मुलका साझेदार, अर्थमन्त्री, लगानी बोर्डका सीईओलगायतलाई समितिले डाक्नुपर्ने वाग्लेको जिकिर थियो ।