पुस १८, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार चेक जाँच क्षेत्र फराकिलो बनाइएको छ ।
चेक जाँच क्षेत्र साँघुरो भएर भिडभाड हुने गरेको गुनासो आएपछि विस्तार गरेर फराकिलो बनाइएको हो ।
विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार बढी भीडभाड हुने क्षेत्र विस्तार गरेसँगै यसले यात्रुको आवागमनलाई सहज बनाउने छ ।
विगतमा साँघुरो भई बढी भीड हुने क्षेत्रलाई विस्तार गरिएको हो । त्रिभुवन विमानस्थल भित्र अहिले विभिन्न भौतिक संरचना सुधारमा काम भइरहेको छ ।