images
images

एनसेल शेयर खरिद बिक्रीलाई मान्यता नदिन जारी आदेशले पायो निरन्तरता

काठमाडौँ – उच्च अदालत पाटनले एनसेलको शेयर खरिद बिक्रीलाई अभिलेखिकरण नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।

गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा मंसिर २१ गते न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई सोमबार संयुक्त इजलासले निरन्तरता दिएको हो। मंगलबार न्यायाधीश शालिकग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले यसअघिको आदेशलाई निरन्तरता दिने निर्णय सुनाएको हो।

सात वर्षअघि स्विडेनको टेलिया सोनेरासँग ८० प्रतिशत शेयर खरिद गरेको आजियाटाले त्यस बला किनेको मूल्यभन्दा ९६ प्रतिशतभन्दा कममा स्पेक्ट्रेलाइटलाई बिक्री गरेको छ।

सात वर्षअघि एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब ७ करोडमा किनेको शेयर आजियाटाले अहिल पाँच करोड अमेरिकी डलर अर्थात् ६ अर्ब रुपैयाँ मात्रै बिक्री गरेको छ। यो कारोबार शंकास्पद रहेको राज्यका निकायहरुले गरेका छन्।

संसदको सार्वजनिक लेखा समितिले खरिद बिक्री प्रक्रिया शंकास्प रहेको ठहर गर्दै त्यसलाई मान्यता नदिन सरकारलाई निर्देशन दिएको छ। अरु तीनवटा समितिले पनि एनसेलको सन्र्दभमा निर्देशन दिएका छन्।