images
images

एनसेल र सामसङबीच ग्यालेक्सी एस २४ सिरिजका लागि साझेदारी

काठमाडौं । एनसेल र सामसङ नेपालबीच ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विषेश सुविधा उपलब्ध गराउने सम्बन्धमा साझेदारी भएको छ ।

यस साझेदारी अन्तर्गत एस २४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५०० जना ग्राहकले आफ्नो इच्छा अनुसार एनसेलको स्पेसल लक्स नम्बर लिन पाउने छन् ।

सामसङ नेपालले शुक्रबारदेखि नै ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनका लागि अग्रिम बुकिङ लिन थालिसकेको छ ।

अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउने छन् ।

ग्यालेक्सी एस २४ सिरिज सबै भन्दा विशेष रहेको भन्दै एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले अग्रिम बुकिङमा एनसेलका प्रिमियम नम्बरहरू प्रदान गरिने बताए ।

नवप्रवर्तन र अत्याधुनिक प्रविधिमार्फत नयाँ सम्भावनाहरु पहिल्याउन प्रतिवद्ध विश्वको अग्रणी टेक कम्पनीसँग साझेदारी गर्न पाएकोमा खुसी लागेको उनले बताए ।

सामसुङको ग्यालेक्सी एस २४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधाहरू रहेको कम्पनीले बताएको छ ।