images
images

श्रमको क्षेत्रलाई मर्यादित र सम्मानित बनाउन आवश्यक: मन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले  श्रमको क्षेत्रलाई मर्यादित र सम्मानित बनाउन आवश्यक रहेको बताए ।

काठमाडौंमा आयोजित श्रम, रोजगार पत्रकारिता पुरस्कार, २०७९ हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले श्रमको क्षेत्रलाई सुव्यवस्थित रुपमा सुरक्षित र भरपर्दो बनाउनसके सबै श्रमीकहरुको लागि राम्रो हुने उनले बताए । श्रमको ग्लोवलाइजेशनको फाइदा लिनसके देशलाई नयाँ सिराबाट अघि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

यस्तै उनले वैदेशिक श्रमसम्बन्धी सबै कामहरु पहिला श्रम विभागले गर्ने भएपनि अहिले विभाग कमजोर हुँदा मन्त्रालयमा भार परेको बताए ।