images
images

एनसेलसँग जोडियो यूएईको ईएन्ड इन्टरनेसनल

 

काटमाडौं । एनसेलले यूएईको टेलिकम कम्पनी एतिसलात अन्तर्गतको ईएन्ड इन्टरनेसनललाई रणनीतिक साझेदारीको रूपमा भित्र्याउने भएको छ । कम्पनीले स्पेनको बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कङ्ग्रेसका क्रममा बुधबार यस्तो साझेदारी गरेको हो । 

साझेदारी अन्तर्गत ईएन्डले एनसेल ग्राहकको डिजिटल अनुभव सुधार गर्न, नलेज शेयरिङ सम्बन्धी कार्य गर्न, मुख्य सेवा, सुविधा तथा प्लेटफर्म उपलब्ध गराउन भूमिका खेल्नेछ । सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ईएन्ड इन्टरनेसनलका प्रमुख व्यावसायिक अधिकृत खालेद मोहम्मद रियदले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार दुवै पक्षले कस्टमर भ्यालु म्यानेजमेन्ट (सीभीएम) र एड्भान्स एनालिटिक्स, बीटुसी र बीटुबी सेल्स एन्ड मार्केटिङ लगायत, ग्राहक अनुभव, खरिद, नेटवर्क क्यापेक्स तथा ओपेक्स अप्टिमाइजेसन, इन्टरनेसनल क्यारियर तथा होलसेल, मोबाइल नेटवर्क कोड (एमएनसी) सर्भिस सपोर्ट र डिजिटल रूपान्तरण लगायत क्षेत्रमा सहकार्य गर्नेछन् ।

यो सहकार्यले कम्पनीको आम्दानी बढाउन, नवीन सेवा सञ्चालनमा ल्याउन, खरिद तथा नेटवर्क सुदृढीकरणमा किफायती हुन, आईएलडी (अन्तर्राष्ट्रिय कल) व्यवसाय र डिजिटल सोलुसन वृद्धि गर्न सघाउने अपेक्षा लिइएको छ ।

मोबाइल कनेक्टिभीभन्दा बाहिरसमेत नेटवर्क पूर्वाधार विस्तारमा लागिरहेको एनसेललाई विश्व स्तरीय डिजिटल सञ्जाल विकास गर्न ईएन्डले सघाउनेछ ।

एनसेलले ईएन्ड इन्टरनेसनलको सहयोगमा डिजिटल र परम्परागत माध्यमको सदुपयोग गर्दै रियल टाइम र कन्टेक्स्चुअल मार्केटिङ गर्ने, मसिन लर्निङ र एआई मोडेल प्रयोग गर्दै उत्कृष्ट एनालिटिक्स प्रयोगमा ल्याउने र बिग डेटा प्रयोग गरी सान्दर्भिक र पर्सनलाइज्ड अफर ल्याउनेछ । कम्पनीले आफ्नो ग्राहक आधार वृद्धि, वितरक र विक्रेताहरूको व्यवस्थापन लगायतका विषयमा समेत रणनीतिक दिशा तय गर्नेछ ।

एनसेल र ईएन्ड इन्टरनेसनलले नेटवर्क अप्टिमाइजेसन, दुर्गम क्षेत्रका लागि लागत मैत्री सुविधा, ग्रिनफिल्ड एनालिसिसका लागि अप्टिमाइजेसन, क्राउडसोर्सिङ तथा प्रत्यक्ष सोर्सिङ मार्फत भ्यालु क्रियसन र सेवा लगायतका को क्षेत्रमा क्षेत्रमा सहकार्य गर्नेछन् ।

एनसेलले क्यापेक्स र ओपेक्सलाई घटाउँदै ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा भ्वाइस र डाटा सेवा प्रभावकारी बनाउने उद्देश्यले नयाँ नयाँ प्रविधि समेत डिजाइन र पहिचान समेत गर्नेछ ।

ईएन्ड ग्रुपअन्तर्गत विश्वभरका ८५० भन्दा बढी सेवाप्रदायकहरूको नेटवर्कमा आबद्ध भएर रोमिङमा एसएमएस र भ्वाइस सेवामार्फत ग्लोबल फुटप्रिन्टको लाभ उठाउने अवसर समेत एनसेललाई हुनेछ । साझेदारी अन्तर्गत सञ्चालन हुने सबै रणनीतिक योजना कार्यान्वयनको निरीक्षण तथा छलफल गर्न एनसेल र ईएन्ड इन्टरनेसनलले आ–आफ्नो तर्फबाट संयोजक समेत तोक्ने बताइएको छ ।