images
images

धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन

काठमाडौँ- नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले आवेदन दिएका छन् ।

अर्थ मन्त्रालयले योग्यता पुगेका, इच्छुक नागरिकबाट बुधबारसम्म आवेदन माग गरेको थियो । जसमा १९ जना आवेदकन दर्ता भएको हो ।

बोर्डको अध्यक्षको लागि अवेदन दिनेमा बिमा सिमितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईं, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्ट छन् ।

त्यस्तै, बोर्डकै कार्यकारी निर्देशकहरु कृष्णराज पोखरेल, डा.नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठले पनि अध्यक्षका लागि आवेदन दिएका छन् । धितोपत्र बोर्डका पूवकार्यकारी निर्देशक निरज गिरी छन् ।

साथै, सन्तोषनारायण श्रेष्ठ, डा. केशवप्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा. रघुराज काफ्ले, प्रविन पन्दाक रहेका छन् । सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा. बिमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्कीले पनि आवेदन दिएका छन् ।

अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले १९ दाबेदारहरुमध्ये बाट कम्तीमा ३ जनाको नाम सिफारिस गर्नेछ । ती ३ जना मध्येबाट मन्त्रिपरिषद्ले बोर्डको अध्यक्ष नियुक्ति गर्नेछ ।

बोर्ड अध्यक्ष हुनका लागि कम्तीमा स्नातकोत्तर तहको उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था धितोपत्र ऐनमा रहेको छ ।