images
images

“हो म गाउँ गएको थिए”

वंश सुदीप व्यास ७,तनहुँपाथ्रा

वरपिपल चौतारी थियो। सिरसिर बतास शितलता थियो।

तर शितल ताप्दिनेहरु थिएनन्। चौतारीमा ठुलो छपनी थियो।

बाघचाल खेल्ने डोबहरु थिए। तर बाघचाल खेल्नेहरु थिएनन् ।

पोखरी थियो। आहालहरु सुकेका थिए।

गोठ अनि धन्सारहरु थिए। तर गजुवागाई, जोवानेगोरु, टेणिभैसि र भोटेकुकुरहरु थिएनन्।

गजिमणको तेर्सिएको हागामा लिङ्गेपिङ् हाल्ने डोब थियो।

धमिराले मक्किएका रोटेपिङका खावाहरु थिए।

तर पिङ हाल्नेहरु कोहि थिएनन्।

हो म गाउँ गएको थिए।

काउरो र पाखुरीका रुखहरु थिए।

जङ्गलको चिलाउनेको रुख जस्तो काटछाट थिएन।

सजिवन र सिउडीका वोटहरु थिए। तर बारहरु थिएनन् ।

खेतहरुथिए। बारीहरु थिए। तर उब्जाउ थिएनन् । गाउँ थियो। तर गाउँ थिएन।

गाउँको सास थिएन। हो म गाउँ गएको थिए।