images
images

सेयर बजारमा घटेको नयाँ कमशिन जेठ १ देखि लागू हुने

काठमाडौं । धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिसन दर १० प्रतिशतले घटाएको छ । नयाँ कमिशन जेठ १ गतेदेखि लागू हुनेछ ।

अब संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँ सम्मको कारोवारमा ०.३६ कमिशन लाग्ने छ ।

यस्तै ५० हजार भन्दा माथि ५ लाख सम्मको कारोवारमा ०.३३ प्रतिशत कमिशन लाग्ने छ । ५ लाखदेखि २० लाखसम्मको कारोवारमा ०.३१ प्रतिशत कमिशन लाग्ने छ ।

२० लाखदेखि १ करोडसम्मको कारोवारमा ०.२७ प्रतिशत कमिशन लाग्ने छ । १ करोडभ न्दा माथी जतिसुकैको कारोवारमा ०.२४ प्रतिशत कमशिन लाग्ने छ ।