images
images

विश्वविद्यालयबाट अध्ययन सकेका १ लाख युवालाई रोजगारी सुनिश्चित गर्न ३ अर्ब बजेट

काठमाडौं– सरकारले विश्वविद्यालयबाट अध्ययन सकेका १ लाख युवालाई रोजगारी सुनिश्चित गर्न  ३ अर्ब बजेट विनियोजन गरेको छ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम सुरू गरिने बताएका छन्।

उनले १ लाख युवालाई रोजगारी सुनिश्चित गर्न ३ अर्ब रकम विनियोजन गरेको उनले घोषणा गरे।

विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई सार्वजनिक निकाय र निजीक्षेत्रको सहकार्यमा उद्योग, व्यवसाय, कृषि तथा पशुपक्षी फर्म, होटेल र निर्माण क्षेत्रमा कार्यस्थल तालीम प्रदान गरिने उनले बताए।