images

ठमेलबाट अनैतिक क्रियाकलापमा संलग्न ९ विदेशीसहित १५ महिला पक्राउ

काठमाडौँ : काठमाडौँको ठमेल क्षेत्रमा रातिको समयमा अनैतिक क्रियाकलापमा संलग्न ९ विदेशीसहित १५ महिला पक्राउ परेका छन्।

गएराति प्रहरीले विशेष अपरेशन चलाएर उनीहरूलाई पक्राउ गरेको हो। पर्यटकलाई दुर्व्यवहार गर्ने, हैरानी दिने तथा अनैतिक क्रियाकलाप गर्ने गरेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

जसमा ९ जना विदेशी महिला छन्। उनीहरू एकजना केन्या र अरू युगाण्डाका महिला हुन्। अन्य ६ जना भने नेपाली रहेका प्रहरीले जनाएको छ।

उनीहरूमाथि अभद्र व्यवहारको कसुरमा अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ।