images
images

बालुवाटार पुगे ओली, प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्दै

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री दाहालसँग भेट्न उनी केहीबेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।

गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बलकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ ।

यसैगरी राजदूत नियुक्ति  विवादित बनेकाले त्यस विषयमा पनि छलफल भएको थियो। आइतबार कुरा नटुंगिएकाले फेरि सोमबार भेटवार्ता गरिरहेको सचिवालयको भनाइ छ।

सत्ता समीकरण फेरिने हल्ला चलेको छ भने राजनीतिक भेटघाट पनि बाक्लिएको छ । आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।