जनकपुरधाम – मधेस प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतले जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव नियुक्त भएका छन्।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
तत्कालीन मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएपछि नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि शुक्रबार अपरान्ह ४ बजेसम्मको समय दिएकोमा त्यस समयमा दावी पेश नभएपछि सोही धाराको उपधारा (३) बमोजिम यादवलाई नियुक्त गरिएको हो।
यादव दोस्रो पटक मुख्यमन्त्री बनेका हुन्। उनी मधेसको सातौ मुख्यमन्त्री बनेका हुन्।









