काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।
प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ दिल्ली पुगेका हुन् । उनलाई विमानस्थलमा स्वागतका लागि रेड कार्पेट बिछ्याइएको छ ।
प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्रीसँग भेटवार्ता, नेपाल–भारत बिजनेस फोरममा सहभागिता तथा भारतीय प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ताको कार्यक्रम छ ।









