मन्त्रिपरिषद् बैठकको निर्णयः एनसेललाई किस्ताको सुविधादेखि मुख्यसचिव नियुक्तसम्म

काठमाडौँ – सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले लाइसेन्स नवीकरण शुल्क वापत तिर्नुपर्ने रकम चार किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चार किस्तामा शुल्क तिर्ने सुविधा दिनुका साथै पछिल्ला किस्ता तिर्दा १० प्रतिशत ब्याज लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यस्तै, आजकै बैठकले एक नारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको छ।  वर्तमान मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो ।

सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल ९डीसी० नियुक्त गरेको छ। बोर्डको अध्यक्षका लागि तीन जनाको अन्तिम सूची मन्त्रिपरिषद्मा पठाइएको थियो। उनीहरुमध्येबाट डीसीलाई अध्यक्षमा नियुक्त गरिएको हो ।