
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा शान्ति चाहिएको बताएका छन्।
गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजापछि सञ्चारकर्मीसँग बोल्दै पूर्वराजा शाहले देशमा शान्ति चाहिएको बताएका हुन्।
साथै उनले कसैले पनि कसैको कुभलो नचिताओस् भन्ने कामना पनि गरे। उनले भने,’अहिले देशमा शान्ति चाहियाछ। कसैले पनि कसैको पनि कुभलो नचिताओस् र केही खराब नचिताओस् भन्ने मेरो कामना छ।’
यस्तै, कसैले पनि डराउनु नपर्ने उनले बताए। उनले भने, ‘कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन। देशको शान्ति कायमै होस्। देशमा विकास होस्। सबैलाई सुख। समृद्धि होस् भन्ने कामना छ।’
धेरै वर्षपछि आफ्नो जन्मथलो गोरखा आउँदा खुसी लागेको उनको भनाइ छ ।