images
images

सरकारलाई मेयर बालेनको चुनौती: गलत भए मलाइ जेल हाल

काठमाडौं, १२ चैत – काठमाडौं महानगरका मेयर बालेन शाहले पुरानो बसपार्कस्थित काठमाडौं भ्यु टावर निर्माणमा आफूले लिएको कदम गलत भए जेल हाल्न सरकारलाई चुनौती दिएका छन् ।

काठमाडौं भ्यु टावर निर्माणमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आधिकारिक नक्सा पास प्रणाली ९ईबीपीएस०मार्फत प्रक्रिया नै पूरा नगरी स्वीकृति दिएको देखिएको फेहरिस्त सार्वजनिक गर्दै शाहले यस्तो चुनौती दिएका हुन ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रस्टाचारिलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भासणमा सुन्नु पर्ने ? माथिको कुरा गलत भए मलाइ जेल हाल ।’