images
images

मौद्रिक नीति २०८०/८१: पहिलो आवासीय घर कर्जाको सीमा २ करोड पुग्यो (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत घरजग्गा कारोबारमा यसअघिको नीतिलाई निरन्तरता दिएको छ । घरजग्गामा बैंकहरुबाट प्रवाह हुने कर्जामा राष्ट्र बैंकले केही लचिलो नीति लिने संकेत गरेको छ ।

बैंकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई वृद्धि गरी २ करोड पुर्‍याइएको छ ।

घरजग्गा व्यवसायीहरुले घर जग्गा धितोमा कर्जा सीमा ७० प्रतिशत पु‍र्‍याउन माग गरेका थिए । तर, राष्ट्र बैंकले यसमा नीतिगत रुपमा कुनै सहुलियत नदिएको हो ।

‘सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछु मौद्रिक नीतिमा उल्लेख छ । हाल यस्तो जोखिमभार १५० प्रतिशत छ । यसको अर्थ अब बैंकहरुले घरजग्गामा कर्जा दिँदा कर्जा रकमको १५० प्रतिशत रकम जोखिम व्यवस्थापन गर्नुपर्नेछ । यसैलाई घटाउने राष्ट्र बैंकले स्पष्ट संकेत गरेको छ । हाल जोखिमभार १५० प्रतिशत हुँदा घरजग्गामा जाने कर्जा निरुत्साहन गरेको भन्दै खुकुलो नीति लिन राष्ट्र बैंकलाई दवाव परेको थियो । जोखिम भार १०० प्रतिशतमा झार्न घरजग्गा व्यवसायीले माग गर्दै आएका छन् ।

हेर्नुहोस् पूर्णपाठःtwitter sharing button