काठमाडौं– नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् ।
शुक्रबार सञ्चालक समिति बैठकमा श्रेष्ठले राजीनामा घोषणा गरेका हुन् ।
धितोपत्र ऐन अनुसार बोर्ड अध्यक्षले राजीनामा सरकार समक्ष बुझाउनुपर्छ । सोही अनुसार श्रेष्ठले शनिबार अर्थमन्त्री समक्ष राजीनामा दिने जानकारी गराएको धितोपत्र बोर्डका एक सञ्चालकले बताए ।उनका अनुसार अध्यक्ष श्रेष्ठ अहिले मन्त्रालय जाँदैछन् ।
मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष उनले राजीनामा पत्र बुझाउने छन् ।
श्रेष्ठलाई सरकारले १० मंसिर २०८१ मा धितोपत्र बोर्ड कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो ।








