images
images

आर्थिक सूचकहरू सन्तोषजनक छन्ः गर्भनर पौडेल

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकका आर्थिक सूचकहरु सन्तोजनक रहेको बताएका छन्। नेपाल राष्ट्र बैंकको वार्षिककोत्सव समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान आर्थिक सूचकहरू सन्तोषजनक रहेको बताएका हुन्।

उनका अनुसार उपभोक्ता मुद्रास्फीति मौद्रिक नीतिको लक्ष्यको सीमाभित्रै रहेको छ। आर्थिक वर्ष २०८२/८३ को आठ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.१ प्रतिशत छ, जुन अघिल्लो वर्ष ४.७ प्रतिशत थियो। शोधनान्तर स्थितिः शोधनान्तर बचत थप सुदृढ हुँदै गएको छ। 3

वित्तीय प्रणालीतर्फ निक्षेप र कर्जाबीचको भारित औसत ब्याजदर अन्तर न्यूनतम बिन्दुमा छ, जसले निजी क्षेत्र र सरकारलाई सस्तो ब्याजदरमा वित्तीय साधन परिचालन गर्ने अवसर दिएको छ।

आर्थिक वृद्धितर्फ राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन ४.१ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरेको जनाकारी दिए। उनले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार बैंकले मौद्रिक, बैंकिङ्ग र विदेशी विनिमय नीतिहरू समयानुकूल परिमार्जन गर्दै लगेको बताए।

मौद्रिक नीतिलाई थप तथ्यपरक र ‘फरवार्ड लुकिङ’ बनाउन बैंकले ‘म्याक्रोइकोनोमिक रिपोर्ट’ प्रकाशन सुरु गरेको र ब्याजदर करिडोरमार्फत कार्यान्वयनलाई पारदर्शी बनाइएको उनको भनाइ छ। उनले चुनावपछि स्पष्ट जनादेश आएको बताउँदै अब मुलुकमा स्थायित्व कायम रहनेमा विश्वाससमेत व्यक्त गरे।

गभर्नर पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणतर्फ लक्षित गर्दै विश्व अर्थतन्त्रमा केही सुस्तता आउन सक्ने बताए। विश्व अर्थतन्त्र सन् २०२६ मा ३.१ प्रतिशत र २०२७ मा ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ।

पश्चिम एशियाको भू–राजनीतिक तनाव, इन्धनको मूल्य वृद्धि र आपूर्ति श्रृङ्खलामा परेको अवरोधले नेपालको कृषि, पर्यटन र उद्योग क्षेत्रमा नकारात्मक प्रभाव पार्न सक्ने जोखिम रहेको उनको भनाइ छ। यसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वित्तीय स्थायित्वमा असर पार्नसक्नेतर्फ उनले सचेत गराए।