images
images

सार्वजनिक यातायातलाई एकीकृत गर्ने एजेण्डासहित सुनिल कुँवर वरिष्ठ उपाध्यक्षमा उम्मेदवार

पोखरा — नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय अधिवेशन अन्तर्गत हुने निर्वाचनमा वरिष्ठ यातायात व्यवसायी सुनिल कुँवर ले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

वि.सं. २०५१ सालदेखि नेपालको सार्वजनिक यातायात क्षेत्रमा सक्रिय रहँदै आउनुभएका कुँवरले व्यवसायीहरुको हकहित, व्यवस्थित यातायात सेवा तथा संस्थागत एकताको पक्षमा लामो समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ।

उहाँ यसअघि संयुक्त यातायात व्यवसायी संघको अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्हालिसक्नुभएको छ भने हाल घोडाघोडी यातायात व्यवस्थापन कम्पनी का अध्यक्षको रूपमा कार्यरत हुनुहुन्छ। साथै, उहाँ पूर्व यातायात व्यवस्थापन समितिको सञ्चालक समेत रहिसक्नुभएको छ।
कुँवरले आफ्नो उम्मेदवारीसँगै देशभर छरिएर रहेको सार्वजनिक यातायात क्षेत्रलाई एकीकृत गर्दै सशक्त र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले महासंघको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माणलाई समेत प्रमुख एजेण्डाका रूपमा अघि सार्नुभएको छ।

 

“यातायात क्षेत्रलाई समयानुकूल, प्रविधिमैत्री र व्यवसायीमैत्री बनाउँदै सबै व्यवसायीलाई एउटै साझा छातामुनि संगठित गर्नु आजको आवश्यकता हो,” कुँवरले बताउनुभयो।

लामो अनुभव, व्यवसायीबीचको समन्वयकारी भूमिका तथा यातायात क्षेत्र सुधारप्रतिको स्पष्ट दृष्टिकोणका कारण कुँवरको उम्मेदवारीलाई व्यवसायी वृत्तमा सकारात्मक रूपमा हेरिएको छ।