images
images

सरकारलाई झड्का,इन्भेष्टमेन्ट मेगा बैंकका सिइयो पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश,

काठमाडौँ – सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई रिहा गर्न आदेश दिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पक्राउ गरेका पाण्डेलाई उनकी श्रीमती निरु दाहाल पाण्डेले दायर गरेको बन्दीप्रत्यक्षीकरणको आदेशमार्फत छाड्नआदेश दिएको हो।

शुक्रबार न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले हाजिर जमानीमा छाड्न आदेश दिएको सर्वोच्च प्रशासनले जानकारी दियो। आदेशपछि पाण्डे वरिष्ठ अधिवक्ता शम्भु थापाको रोहवरमा छुटेका छन्।

सरकारको निर्देशनमा सिआइबीले स्मार्ट टेलिकमको धितो लिलाम गर्दा भ्रष्टाचार गरेको अभियोगमा पाण्डेलाई नियन्त्रणमा लिएको हो।

स्मार्ट टेलिकमको अनुमतिपत्र खारेज भई त्यसको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा गइसकेको अवस्थामा, सरकारी सम्पत्तिको हिनामिना गरेको आरोप पाण्डेमाथि लगाइएको छ।

बैंक तथा उनका कानुन व्यवसायीले भने नेपाल राष्ट्र बैंकको अनुमतिमा नियमति पक्रियाअनुसार नै धितो लिलाम गर्दा पनि धरपकड गरिएको दाबी गरेका छन्।

सर्वोच्चको आदेशसँग व्यवसायीमाथि धरपकड गर्ने सरकारको रवैयामाथि झड्का लागेको छ। पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा ३० वैशाखमा पक्राउ गरिएको थियो।