images
images

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

तीन दिने भ्रमणका लागि शुक्रबार भारत गएका परराष्ट्रमन्त्री खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्री जयशंकरसहितको भारतीय टोलीबीच द्विपक्षीय छलफल भएको हो।

छलफल नेपाल–भारतबीच कनेक्टिभिटी, ऊर्जा, पर्यटन र आपसी हितका अन्य क्षेत्रमा सहयोगलाई अगाडि बढाउने विषयमा केन्द्रित रहेको बताइएको छ।

भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा गएका हुन्।