images
images

ठमेल पर्यटन विकास परिषद् निर्वाचन २०८३: महासचिवमा पुण्य राम लागेजुको उम्मेदवारी

काठमाडौं- ठमेल पर्यटन विकास परिषद् निर्वाचन २०८३ अन्तर्गत प्रश्रय राजभण्डारी समूहबाट महासचिव पदका लागि पुण्य राम लागेजुले उम्मेदवारी घोषणा गरेका छन्।

“युवा सोच, स्पष्ट योजना, प्रतिबद्ध नेतृत्व” भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएका लागेजुले समृद्ध ठमेलका लागि हाम्रो साथ, हाम्रो प्रतिबद्धता भन्ने सन्देश अघि सारेका छन्।

उनले सडकदेखि सायंकालीन समयसम्म व्यवसाय सञ्चालनका लागि सुरक्षित वातावरण निर्माण, व्यवसायीहरूको हक–हितको संरक्षण तथा पर्यटन क्षेत्रको दिगो विकासलाई आफ्नो प्राथमिकतामा राखेको बताएका छन्। साथै, व्यवसायीबीच एकता, समन्वय र सहकार्यलाई थप मजबुत बनाउँदै ठमेललाई अझ सुरक्षित, व्यवस्थित र समृद्ध पर्यटन गन्तव्यका रूपमा विकास गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

लागेजुले सशक्त व्यवसायी, समृद्ध ठमेल र दिगो पर्यटन विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै सम्पूर्ण व्यवसायी तथा मतदातासँग सहयोग, विश्वास र समर्थनको अपिल गरेका छन्।

“ठमेलको समृद्धि, हाम्रो साझा जिम्मेवारी” भन्ने नारासहित उनी महासचिव पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।