काठमाडौं–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायली प्रधानमन्त्री बेन्जामित नेतान्याहुसँग राम्रो सम्बन्ध रहेको बताएका छन् । अमेरिकी न्युज आउटलेट एक्सियससँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले नेतान्याहुलाई को बोस हो भन्ने थाहा भएको बताएका छन् ।
एक्सियससँगको संक्षिप्त कुराकानीमा ट्रम्पले भनेका छन्, ‘हामीबीच निकै राम्रो सम्बन्ध छ । नेतान्याहुलाई थाहा छ बोस को हो ?’
आगामी साता दुई नेताबीच ह्वाइटहाउसमा भेटवार्ता हुँदैछ । ट्रम्प नेटो शिखर सम्मेलनबाट फर्किएपछि वासिंटनमा दुई नेताबीच भेट हुन सक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यसअघि दुई नेताबीच गत फेब्रुअरीमा ह्वाइटहाउसमै भेटवार्ता भएको थियो ।
इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार नेतान्याहुले शुक्रबार फोनमार्फत ट्रम्पलाई अमेरिकाको २५०औं स्वतन्त्रता दिवसको शुभकामना दिएका थिए ।








