images
images

यस्तो बन्यो पशुपति क्षेत्र विकास कोषको टिम

काठमाडौं- पशुपति क्षेत्र विकास कोषको नयाँ टिम खडा भएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव, कोषाध्यक्ष र ५ सदस्य मनोनित भएका छन्।

कोषको सदस्यसचिवमा तीर्थप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा मिनाकुमारी श्रेष्ठ मनोनित भएका छन्। त्यस्तै सदस्यहरूमा केदारमान भण्डारी, गंगासागर बानियाँ, संगीता कुमारी राम, रूपा शाही बाँस्तोला र राम शोभित नायक मनोनित भएका हुन्।

पशुपति क्षेत्र विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले उनीहरूलाई पशुपति क्षेत्र विकास कोषको पदाधिकारी मनोनित गरेका हुन्। कोषका सदस्यसचिव श्रेष्ठले अघिल्लो हप्ता नै नियुक्तिपत्र बुझेर कार्यभार सम्हालिसकेका छन्। कोषाध्यक्ष मिनाकुमारी, सदस्यहरू केदारमान भण्डारी, गंगासागर बानियाँ, संगीता कुमारी राम, रूपा शाही बाँस्तोला र राम शोभित नायक भने सोमबार नियुक्तिपत्र बुझेका हुन्।