images
images

चाडपर्वमा एनसेल ग्राहकलाई सामसङका घरायसी उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट

काठमाडौं — निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि घरायसी विद्युतीय उपकरणहरूमा विशेष छुट योजना सार्वजनिक गरेको छ।

यस सहकार्यअन्तर्गत ग्राहकले टेलिभिजन, फ्रिज, वासिङ मेसिनलगायतका घरायसी विद्युतीय उपकरणहरूको खरिदमा अतिरिक्त छुट प्राप्त गर्न सक्नेछन्।

चाडपर्वको अवसरमा सामसङले प्रदान गर्दै आएको छुटमा एनसेल ग्राहकले थप १२ प्रतिशतसम्म अतिरिक्त छुट पाउने व्यवस्था गरिएको छ।

ग्राहकले लिएको प्याक वा रेन्टल प्याकका आधारमा ५, ८ वा १२ प्रतिशत अतिरिक्त छुट निर्धारण हुनेछ। यस योजनामार्फत ग्राहकले समग्रमा कुल ३१ प्रतिशतसम्म बचत गर्न सक्ने कम्पनीले जनाएको छ।

एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा यो सहकार्यलाई औपचारिक रूप दिइएको हो।

ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउने र थप लाभ प्रदान गर्ने साझा लक्ष्यका साथ दुवै कम्पनी जोडिएका हुन्। यो योजना असोज २२ देखि कात्तिक ३० गतेसम्म लागू रहने बताइएको छ।

छुट सुविधा लिनका लागि योग्य ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गएर आफ्नो योग्यता जाँच गर्नुपर्नेछ। त्यसपछि देशभर रहेका सामसङका आधिकारिक बिक्री केन्द्रहरूमा पुगेर ग्राहकले उक्त विशेष छुट प्राप्त गर्न सक्नेछन्।