images
images

नेपाली बजारमा आइफोन १५, कति पर्छ मूल्य ?

नेपाली बजारमा आइफोन १५ सिरिज भित्रिएको छ। गत भदौमा अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएको आइफोन १५ सिरिजको विभिन्न मोडल शुक्रबारदेखि नेपाली बजारमा पनि उपलब्ध भएको हो।

नेपालमा आइफोन १५ (१२८ जीबी) को मूल्य १ लाख ५७ हजार ५ सय रुपैयाँ तोकिएको छ। आइफोन १५ (२५६ जीबी) को १ लाख ७६ हजार ५ सय रुपैयाँ, ५१२ जीबीको २ लाख १४ हजार ५ सय रुपैयाँ पर्नेछ।

यस्तै, आइफोन १५ प्लस १२८ जीबीको १ लाख ७६ हजार ५ सय रुपैयाँ, २५६ जीबीको १ लाख ९५ हजार ५ सय रुपैयाँ र ५१२ जीबीको २ लाख ३३ हजार ५ सय रुपैयाँ पर्ने नेपालका लागि एप्पलको एकमात्र आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड (जेनएक्सटी) ले  जनाएको छ।

त्यसैगरी, आइफोन १५ प्रो १२८ जीबीको १ लाख ९५ हजार ५ सय रुपैयाँ, २५६ जीबीको २ लाख १४ हजार ५ सय रुपैयाँ, ५१२ को २ लाख ५३ हजार रुपैयाँ र १ टीबीको २ लाख ९० हजार ५ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

आइफोन १५ प्रो म्याक्स २५६ जीबीको २ लाख ३३ हजार ५ सय रुपैयाँ, ५१२ जीबीको २ लाख ७१ हजार ५ सय रुपैयाँ र १ टीबीको ३ लाख ९ हजार ५ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

नेपालमा आइफोन १५ को विभिन्न १३ मोडल खरिद गर्न सकिनेछ।

नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनएक्सटीका अनुसार आइफोन १५ मा पातलो र आधुनिक डिजाइनको प्रयोग भएको छ। अत्याधुनिक प्रविधि, क्रान्तिकारी क्यामरा प्रणाली र आधुनिक डिजाइन आईफोन १५ का मुख्य विशेषताहरू हुन्।

आधिकारिक वितरक जेनएक्सटीले एनआईएमबी र ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा शून्य डाउन भुक्तानीका साथ सजिलो ईएमआई विकल्पहरू उपलब्ध गराएको छ।