images
images

एनसेल काण्डमामा राजनीतिकर्मी, कर्मचारी र व्यापारी मिलेका छन् : डा. कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरुको मिलेमतो रहेको दाबी गरेका छन्।

ओखलढुंगामा आयोजित पार्टी कार्यक्रममा नेता कोइरालाले तीनै पक्षको संलग्नताविना राज्यलाई घाटा हुने गरी एनसेलको शेयर खरिद बिक्री संभव नहुने बताएका हुन्। उनले भने, ‘यो राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव हुँदैन।’

उनले आफूहरुले नेताहरुलाई यसबारे सोधेको उल्लेख गरे। सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै उनले भने, ‘हामीले नेताहरुलाई प्रश्न गरेका छौँ, एनसेल बिक्री प्रकरण किन भयो?’

उनले दिनदिनै देशमा भ्रष्टाचार बढ्दै गएको बताए। नागरिक देखिएको असन्तुष्टिको कारण भ्रष्टाचार भएको उनको भनाइ।

महामन्त्री गगन थापाले एनसेलमा प्रथम दृष्टिमै करोडौँ भ्रष्टाचार भएको दाबी गरे।